भैरहवा । लुम्बिनी खुकुरी क्लब, बेलहिया यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनलमा लुम्बिनी खुकुरीे सियारी गाउँपालिकालाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
लुम्बिनी खुकुरीको जितमा खेलको २८औं मिनटमा सुवास तामाङले गोल गरे भने ३७औं मिनटमा सुरज घलानले दोस्रो गोल गरेका थिए । जुन गोल खेलको अन्तिम गोल पनि बन्यो ।
खेलमा लुम्बिनी खुकुरीका सुवास तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १८ गतेको पहिलो क्वाटरफाइनल खेल आयोजक माछापुच्छ्रे एफसी र एन्फा एकेडेमी, बुटवलबीच हुने आयोजकले जनाएको छ ।
माछापुच्छ्रे एफसीको आयोजना तथा सिद्धार्थनगर नगरपालिका, भैरहवाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।