News केबिए ग्लोबल भरतपुर एफसी सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । गत संस्करणको उपविजेता र उपाधिको दावेदार मध्ये एक केबिए ग्लोबल भरतपुर एफसी यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भरतपुरले दश खेलाडीमा सिमित बनेको भैरव एफसी, नवलपरासीलाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलको पहिलो हाफतर्फ ३९औं मिनटमा अमृत श्रेष्ठले गरेको एक मात्र गोल भरतपुरलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो ।

दोस्रो हाफमा भैरवका रणदिप पौडेलले बक्स भित्र ह्याण्डबल गरेपछि उनले रातो कार्डको सामना गर्नु परेको थियो भने भरतपुरले पेनाल्टीको अवसर पनि पाएको थियो । तर त्यो पेनाल्टी प्रहार भरतपुरका अफ्रिकी खेलाडी अब्दुलाले सदुपयोग गर्न सकेनन् ।

खेलमा भरतपुरका निर्णायक गोलकर्ता अमृत श्रेष्ठ म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १९ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल कपिलवस्तु–११ र सुनौलो संगम युवा क्लब, देवीनगरबीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments