News उद्घाटन खेलमा वसन्त फुटबल क्लव लेटाङ विजयी
गोपाल काफ्ले

मोरङको पथरीशनिश्चरे ८ स्थीत समाल डाँडा खेल मैदानमा सुरु भएको दोस्रो मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वसन्त फुटबल क्लव जाँते, लेटाङले विजयी सुरुवात गरेको छ ।

वसन्त फुटबल क्लव लेटाङले फायर फुटवल क्लव धरानलाई ट्रइबेकरमा पराजित गरेको हो । निर्धारीत समयमा दुबै तर्फबाट १÷१ गोलको बरावरी भए पछि खेल ट्रइबेकरमा धकेलिएको थियो । पहिलो हाफको २७ औं मिनेटमा वसन्त फुटबल क्लव लेटाङका सुवास राईले गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको धरानका लागि दोस्रो हाफको ५४ औं मिनेटमा मन्जिल राईले गोल गर्दै खेल बराबरीमा पुर्याए पनि खेल जित्न भने सकेन्न । त्यस पछि खेलमा कुनै गोल हुन सकेन खेल ट्रइबेकरमा वसन्त फुटबल क्लव लेटाङले जित्न सफल भयो । खेलको म्यान अफ द म्याच वसन्त फुटबल क्लव लेटाङका रक्की मगर घोषित हुदै नगद १५ सय प्राप्त गरेका छन । भोलिको खेल पथरी ११ रइष्ट स्टार फुटवल क्लव मधुमल्लाका विच रहने खेल संयोजक कमल लावतीले बताए ।

मंगलबारे शुक्रबारे फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई र विशिष्ट अतिथी वडा नं. ८ का वडाध्यक्ष बाबुराम राईले गर्नु भएको थियो ।

पथरीशनिश्चरे वडा नं. ८ को सहयोग तथा अरोरा जाप्नीज कन्सल्टेन्सी मुख्य प्रायोजनमा रहेको प्रतियोगिता चैत्र १९ देखि २६ गते सम्म संचालन हुने छ । मोरङ र सुनसरीका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा एफ एफ सी धरान, वसन्त फुटबल क्लव जाँते, सिंहदेवी युवा क्लव लालभित्ती, मंगलबारे शुक्रबारे एफ।सी आयोजक, पथरी ११, इष्ट स्टार फुटबल क्लव मधुमल्ला, सनराइज युनाइटेड लेटाङ, तालतलैया फुटबल एकाडेमी इटहरी रहेका छन ।

प्रतियोगिताको बिजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्यचले नगद १५००, सर्वाेउत्कृष्ट खेलाडीले ५ हजार र हरेक बिधामा उत्कृष्ट हुनेले खेलाडीले नगद ३ हजार पुरस्कार पाउनेछन् ।

Post Comments