News बिटी कपमा शुक्रबार क्वाटरफाईनलका खेल हुने
उमेश पुन

पोखरा । बिटी क्लबको आयोजनामा जारी १५औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल हुने भएको छ । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज प्रिक्वाटरका खेल सकिएसँगै शुक्रबार क्वाटरको खेल हुने क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।

गुरुङका अनुसार आज भएको पहिलो प्रिक्वाटर खेलबाट एयरपोर्ट क्लबले तारा एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्यो। दोस्रो खेलमा आयोजक टिमले मसिना एफसीलाई १–० गोल अन्तरले हरायो । आयोजकको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।

तेस्रो खेलमा बि–१३ लाई लेसाईडले टाईब्रेकरमा ३–१ गोल अन्तरले हरायो । अर्को खेलमा शितलज्योती क्लबलाई हामे एफसीले १–० गोल अन्तरले पराजित गर्यो । पाँचौ खेलमा मालेपाटन एफसीले मेरो नेपाललाई ३–१ गोल अन्तरले टाइब्रेकरमा हरायो ।

छैटौ खेलमा करापुटारसँग स्याङ्जा एफसीले टाइब्रेकरमा ५–४ गोल अन्तरले खेल गुमायो ।सातौ खेलमा एलजी एसोसियसनले एम १२ लाई ३-१ गोल अन्तरले पराजित गर्यो । अन्तिम खेलमा रामघाटले हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पाखा लगायो । रामघाटको जितमा भिषण गुरुङले ह्याट्रिक गरे भने हेम्जाको तर्फबाट बिशाल सुनारले सान्त्वना एक गोल गरे ।

शुक्रबार क्वाटरफाइनलका खेल हुनेछन् भने सेमी र फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ । भिमकाली क्लबलाई निलम्बन आयोजक संस्थाले छिमेकी क्लब भिमकाली क्लबलाई एक वर्षका लागि निलम्बित गरेको छ ।

हारिसकेको टोली सदस्य प्रिक्वाटरफाइनल खेलमा पुनः भिमकाली क्लबे खेलाएको भन्दै आयोजकको बैठकले भिमकाली क्लबलाई निलम्बित गर्ने निर्णय गरेको हो । आगामी हुने १६ औं बिटी कपमा भिमकाली क्लबले सहभागी जनाउन नपाउने अध्यक्ष विजया गुरुङले बताईन् । उनका अनुसार भिमकाली क्लबसँगै दुई खेलाडीलाई २ वर्ष निलम्बित गरिएको छ ।

Post Comments