News बिटी कपको सेमिफाइनल समिकरण पूरा
उमेश पुन

पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक टोली, एयरपोर्ट युवा क्लब, हाम्रो एफसी र लेकसाईड क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबार भएको पहिलो खेलमा एलजी एशोसियसनलाई आयोजक टोलीले १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्यो। आयोजकको जितमा भोमोले निर्णायक गोल गरे । हाम्रो एफसी र मालेपाटन क्लबबिच भएको दोस्रो क्वाटरफाईनल खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा हाम्रो एफसीले २–१ गोल अन्तरले पाखा लगायो । यो जितसँगै सेमिफाईनलमा हाम्रो एफसीले आयोजक टोली विरुद्ध खेल्नेछ ।

यसैगरी अर्को क्वाटरफाईनल खेलमा एयरपोर्ट युवा क्लबले करापुटारलाई २–० गोल अन्तरले सहज जित निकाल्यो । एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए । अध्यक्ष विजया गुरुङका अनुसार अन्तिम क्वाटरफाईनल खेलमा लेकसाईड एफसीले रामघाट क्लबलाई १–० गोलले सँघर्षपूर्ण जित निकाल्यो । सेमिफाईनलमा अब एयरपार्टसँग प्रतिस्पर्धा गर्नेछ ।

अध्यक्ष गुरुङले सेमिफाईनलको दुवै खेल शनिबार विहान सञ्चालन गरिने जानकारी दिईन् । उनका अनुसार फाईनल खेल दिउँसो हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताईन् । गुरुङका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

सो प्रतियोगिताबाट सर्वोउत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।

Post Comments