News
एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
पोखरा । कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसन असार १३ गतेदेखि पोखरा रंगशालामा सुरु हुन लागेको गण्डकी प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागि हुँदै छ । उक्त प्रतियोगिताको तयारीको लागी एन्फा कास्कीले १० थान फुटबल र रु। ५०,००० नगद सहयोग प्रदान गरेको छ।
अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष उज्वल रञ्जित, राष्ट्रिय प्रशिक्षक किरन श्रेष्ठ, तथा सुनिल राना लगायत अन्य एन्फाका पदाधिकारीहरूले लालीगुराँस एसोसिएसनका अध्यक्ष डम्बर गुरुङ र क्लबका कोच ओम गुरुङलाई एक कार्यक्रममा सहयोग रकम र सामग्री हस्तान्तरण गरेका थिए ।
यसैक्रममा, गण्डकी प्रदेश लिगका लागि लालीगुराँस एसोसिएसनले असार ३ गते (हिजो) देखि क्लोज क्याम्प सुरु गरिसकेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्लबका सचिब ईश्वर बस्यालले जनाकारि दिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)