News आयोजक भूपू सैनिक भेट्रान फाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक भूपू सैनिक भेट्रान जारी प्रथम भूपू सैनिक भेन्ट्रान्स कप सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा बुद्ध स्पोर्टस भेट्रान क्लब, भलुहीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै आयोजक उपाधि नजिक पुगेको हो । बुटवल १३ सालघारी स्थित जवई खेलमैदानमा सम्पन्न खेलमा आयोजक भूपू सैनिका लागि यमु राना, सुशिल चौधरी र चन्द्रिका चौधरीले एक–एक गोल गरे ।

खेलमा भूपू सैनिकका अमित गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ३० गतेको दोस्रो सेमिफाइनल सुनवल भेट्रान क्लब, नवलपरासी र वालिङ भेट्रान क्लब, स्याङ्जा बीच हुने आयोजकले जनाएको छ ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । फाइनल खेल वैशाख १ गतेका दिन हुने पनि अध्यक्ष पुनले बताए ।

Post Comments