News
नयाँवस्तीलाई ३ लाख जरिवाना, म्यानेजर, क्लब अफिसियल र खेलाडीलाई प्रतिवन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खराब व्यवहार र अनुशासनहिन कार्य गरेको भन्दै नयाँवस्ती युथ क्लबलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।
हालै सम्पन्न शहिद स्मारक बी डिभिजन लिगतर्फ चैत्र २६ गतेका दिन भएको मध्यपुर युथ एसोसिएशन र नयाँवस्तीबीचको खेलमा नयाँवस्ती ३–१ ले पराजित भएपछि क्लबका अफिसियल तथा खेलाडीहरुले भौतिक सामाग्री तोडफोड गर्नुका साथै म्याच अफिसियललाई अपशब्द समेत प्रयोग गरेको एन्फाले जनाएको छ ।
एन्फाको अनुशासन कमिटीको सोमबार बसेको बैठकले नयाँवस्तीका क्लब अफिसियल श्री बहादुर योगीलाई एन्फाको कुनै पनि आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन नपाउने गरी दुई वर्षको प्रतिवन्ध लगाएको छ । त्यस्तै क्लबका खेलाडी मनोज राईलाई १ वर्षको प्रतिवन्ध लगाइएको छ भने टिम म्यानेजर बिकास राईलाई ६ महिनाको प्रतिवन्ध लगाइएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै