News सरु र दिपालाई पोर्चुगलको कोसेली
गोलनेपाल

काठमाडौं । बैदेशिक रोजगारको सिलसिलामा पोर्चुगलमा रहेर कार्यरत एक फुटबलप्रेमी बिक्रम बिकले महिला फुटबल खेलाडीद्वय सरु लिम्बु र दिपा न्यौपानेलाई फुटबल बुट प्रोत्साहन स्वरुप सहयोग गरेका छन् ।

पोर्चुगलबाट ल्याइएको उक्त फुटबल बुट बिकले लिम्बु र न्यौपानेले शनिबार हस्तान्तरण गरे । सो अवसरमा बिकले आफूले यो सहयोग सस्तो लोकप्रियता हासिल गर्न नभएर नेपाली खेलाडीहरुलाई थप हौसला प्रदान गर्न सानो प्रयासका रुपमा रहेको बताए ।

खेलाडीहरुका लागि सानो भए पनि आफूले सहयोग गर्न पाउँदा खुशी लागेको समेत बिकले बताए । साथै उनले ती खेलाडीहरुलाई आगामी दिनहरुमा पनि आवश्यक पर्ने खेलकुद सामाग्रीहरु सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

उता सहयोग प्राप्त गरेपछि सरु र दिपाले पनि खुशी व्यक्त गरे । यस्ता सहयोगहरुले सानो र ठूलो अर्थ राख्ने भन्दा पनि आफ्ना लागि एउटा हौसला र फुटबलमा थप कटिबद्ध भएर लाग्न उत्साह मिल्ने बताए ।

सो अवसरमा हाल मच्छिन्द्र क्लबबाट खेलिरहेका पुर्वेली फरवार्ड दिपक राईको पनि उपस्थिति रहेको थियो ।

Post Comments