News शालिन बिक्रम खेलाडी संघमा निर्विरोध
गोलनेपाल

काठमाडौं । फुटबल मैदानमा आफूलाई शालिन, सभ्य र मेहनती खेलाडीका रुपमा चिनाईसकेका बिक्रम लामा अखिल नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

आइतबार संघको नयाँ कार्यसमिति गठन गर्न बनेको निर्वाचन कमिटीले लामालाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा बिकेश कुथु, सुजल श्रेष्ठ र बिराज महर्जन रहेका छन्् ।

सदस्यदहरुमा भने रन्जित धिमाल, अनन्त तामाङ, बिशाल राई, बिमल घर्ती मगर, सरोज दहाल, रोहित चन्द र विशाल श्रेष्ठ रहेका छन् । सो अवसरमा विशिष्ठ अतिथीका रुपमा उपस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिए ।

उता अध्यक्ष जस्तो अहम पदमा आफूलाई विश्वासका साथ निर्विरोध चयन गर्ने सबैलाई अध्यक्ष लामाले आभार र धन्यवाद प्रकट गरे । साथै उनले सबैको सहयोगमा समग्र फुटबल खेलाडीहरुको हकहित र विकासका लागि आफूले सक्दो प्रयास गर्ने पनि बताए ।

Post Comments