News सहारा एकेडेमीलाई सहयोग
सुदर्शन रञ्जित

पोखरा । पोखरा निवासी गंगा थापा कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर यहाँ स्थित सहारा एकेडेमीलाई सहयोग गरेकी छिन् ।

सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार गरी २५ हजार रुपैयाँ उनले सहयोग गरेकी हुन् । उनले खाद्यान्नतर्पm चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, कोक सहयोग गरेको क्लबका पूर्व अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

जनप्रिय मावि, सिमलचौरको एसएलसी ब्याच–२०५९ का सदस्यको आयोजनामा भएको कार्यक्रममा गंगाले एकेडेमीलाई यसअघि नै सहयोग गर्ने चाहना हुँदाहुँदै जन्मदिनसँगै मातातीर्थ औंशी सन्दर्भमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

कार्यक्रममा सो ब्याचका चन्द्र गिरी, केशवबहादुर थापा, रुद्रप्रसाद पराजुली, अनिल कार्की, हेमन्त कार्की, मनोज अधिकारी, सरस्वती गुरुङ, मुना राना कोइराला, नीरञ्जन बजिमय, बाबुराम बिक लगायतको उपस्थिति रहेको थियो ।

सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रममा क्लबका आजीवन सदस्य मनोज थापा र रविन श्रेष्ठको पनि उपस्थिति थियो । एकेडेमीमा हाल २२ बालक छन् ।

Post Comments