News युवा खेलाडी सम्मिलित राष्ट्रिय फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
गोलनेपाल

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीले युवा खेलाडीहरुलाई समावेश गरेर शुक्रबार एएफसी एसियन कप छनौट खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । प्रशिक्षक र व्यवस्थापन पक्षसँग विवाद गरि बन्द प्रशिक्षण छाडेका सिनियर दश खेलाडीहरु टोलीमा सामेल छैनन् ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । जुन ८ तारीखका दिन जोर्डनसँग खेल्दै छनौट प्रतियोगिताको शुरुवात गर्ने नेपालले ११ जुनका दिन कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

यस्तो छ फाइनल स्क्वाडः

गोलकिपर्सः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डर्सः बिकास खवास, बिकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर्सः आकाश बुढा मगर, एरिक बिष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जिउ ठकुरी

फरवार्डसः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, मनिष डाँगी

Post Comments