News प्रथम चाउथे कपको तयारी पूरा
उमेश पुन

वोखरा । पर्यटकीय शहर पोखरामा शनिबारदेखि शुरु हुन गईरहेको प्रथम चाउथे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पोखरा–१४ मझेरीपाटन स्थित रामेश्वरी विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले ट्रफीसहित नगद ५ हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफीसहित ३–३ हजार प्राप्त गर्नेछ ।

जन एकता युवा क्लब, पोखरा–१४ चाउथेको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने यहि जेठ १४ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments