News सहारालाई सांसद मनाङेको साथ
गोलनेपाल

पोखरा । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) ले मोफसलको प्रतिष्ठित १८औं आहा रारा गोल्डकप नकआउट फुटवल प्रतियोगितालाई सफल पार्न सहयोग गरेका छन् ।

विगत दुई बर्षदेखि सहयोग गर्दै आएका सांसद गुरुङले यस बर्ष पनि आफ्नो राज्यबाट प्राप्त सेवा सुविधा वापतको ५० हजार रुपैया सहारा क्लवलाई सहयोग गरेका हुन् ।

सांसद गुरुङका निजी सचिव रोनित गुरुङले उक्त रकम क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे । पोखरा १७ दोभिल्ला स्थित सहारा एकेडेमीको अवलोकन पश्चात उनले रकम हस्तान्तरण गर्दै सामाजिक कार्यमा लाग्दै आएको क्लवको पं्रशंसा समेत गरे ।

त्यस्तै सोही अवसरमा आउँदो फागुन २२ देखि १ चैत्रसम्म आहा रारा गोल्डकप पोखरामा हुने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

एकेडेमीले उनीहरुलाईृ निःशुल्क आवास, शिक्षा र फुटबल प्रशिक्षण समेत दिईदै आएको छ । साथै एकेडेमी सञ्चालन कै लागि पनि एकेडेमीले वार्षिक रुपमा आहा रारा गोल्डकपको आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताबाट हुने आम्दानी र सहयोग एकेडेमी सञ्चालन मै खर्च हुने पनि महासचिव अधिकारीले बताए ।

Post Comments