News एन्फा निर्वाचनमा मताधिकार पाएका चार प्रतिनिधीको नाम कटौती
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आउँदो असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि मताधिकार पाएका चार प्रतिनिधीहरुको नाम हटाइएको छ ।

श्रीराम दवाडीको संयोजकत्वमा गठित निर्वाचन समितिले सिराहा जिल्ला फुटबल संघको मताधिकार पाएका प्रविणकुमार यादव, फ्रेण्डस क्लबको मताधिकार पाएका दिपक थापा, सरस्वती युवा क्लबको मताधिकार पाएका उत्तम भण्डारी र महिला संघको मताधिकार पाएकी बिना श्रेष्ठको नाम अन्तिम नामावलीबाट हटाएको हो ।

दावी विरोधपछि उजुरीका आधारमा यी चार जनालाई निर्वाचन समितिले अयोग्य ठहर गरेको बताइएको छ । यद्यपि नामावलीमा नपरेका चारै जनाले पूनरावेदन गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । मताधिकार कटौती गरिएका यी चारै जना वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा निकट मानिन्छन् ।

स्मरण रहोस, असार ६ मा हुन गईरहेको एन्फाको निर्वाचनमा केन्द्रिय अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राजीव पौडेलले उम्मेदवारी दिएका छन् ।

Post Comments