काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आउँदो असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि मताधिकार पाएका चार प्रतिनिधीहरुको नाम हटाइएको छ ।
श्रीराम दवाडीको संयोजकत्वमा गठित निर्वाचन समितिले सिराहा जिल्ला फुटबल संघको मताधिकार पाएका प्रविणकुमार यादव, फ्रेण्डस क्लबको मताधिकार पाएका दिपक थापा, सरस्वती युवा क्लबको मताधिकार पाएका उत्तम भण्डारी र महिला संघको मताधिकार पाएकी बिना श्रेष्ठको नाम अन्तिम नामावलीबाट हटाएको हो ।
दावी विरोधपछि उजुरीका आधारमा यी चार जनालाई निर्वाचन समितिले अयोग्य ठहर गरेको बताइएको छ । यद्यपि नामावलीमा नपरेका चारै जनाले पूनरावेदन गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । मताधिकार कटौती गरिएका यी चारै जना वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा निकट मानिन्छन् ।
स्मरण रहोस, असार ६ मा हुन गईरहेको एन्फाको निर्वाचनमा केन्द्रिय अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राजीव पौडेलले उम्मेदवारी दिएका छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै