News प्रथम एलजी एसोसिएशन रामपुर फुटसल हुँदै
सुरज राना मगर

पाल्पा । रामपुरमा यहि जेठ २८ गते शनिबारका दिन प्रथम एलजी एसोसिएशन रामपुर फुटसल च्याम्पियनसिप हुने भएको छ । लाली गुराँस, पाल्पाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जनाएको छ ।

रामपुर–५, मेटरी, पाल्पा स्थित रामपुर फुटसलमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने विद्यागत खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य क्षमतावान युवा खेलाडीहरुलाई पहिचान गरि उनीहरुलाई फुटसल खेलमा लाग्न र राष्ट्रियस्तर मै पहिचान बनाउन टेवा पुर्याउनु रहेको बताइएको छ ।

Post Comments