News चितवनमा फुटबल प्रशिक्षण तालिम
गोलनेपाल

चितवन । पटिहानी फुटबल क्लब, चितवनको आयोजना तथा भरतपुर १३ राइनोकुञ्जको आर्थिक सहयोगमा आधारभुत फुटबल प्रशिक्षण तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन एक कार्यक्रमका बीच भरतपुर १३ का वार्ड अध्यक्ष प्रकाश दवाडीले गरे । खेलकुद स्थानीय हुँदै राष्ट्रियस्तर कै पहिचान बनाउने माध्यम भएकाले खेलकुद विकासका लागि आफू सधै सकरात्मक रहेको अध्यक्ष दवाडीले बताए ।

तालिममा कुल ४२ युवाहरुको सहभागिता रहेको छ । तालिम पश्चात ग्रामीण भेगका युवाहरुले फुटबलका धेरै ज्ञान र सिप हासिल गर्दै आफ्नो खेलजीवनलाई अगाडी बढाउन सहज हुने पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले विश्वास व्यक्त गरे ।

फुटबल प्रशिक्षणबाट उत्कृष्ट खेलाडीलाई आफ्नो क्लबमा निरन्तर अवसर दिने योजना रहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । उनले नयाँ युवा पुस्तालाई फुटबल मै लाग्न आफूहरुले प्रेरित गर्ने योजना रहेको पनि सुनाए ।

Post Comments