News
धनकुटामा शुक्रबारदेखि महिला गोल्डकप
धनकुटा । धनकुटामा शहिद रामकृष्ण श्रैष्ठ स्मृति प्रदेश स्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा यहि माघ ३ गतेदेखि ७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा प्रदेश १ का आठ जिल्लाका उत्कृष्ट टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
धनकुटा स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिता आयोजनाका लागि अनुमानित लागत करिब १३ लाख रहेको समेत आयोजकले जनाएको छ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा