News धनकुटामा शुक्रबारदेखि महिला गोल्डकप
गोलनेपाल

धनकुटा । धनकुटामा शहिद रामकृष्ण श्रैष्ठ स्मृति प्रदेश स्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा यहि माघ ३ गतेदेखि ७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा प्रदेश १ का आठ जिल्लाका उत्कृष्ट टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

धनकुटा स्थित टुंडिखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिता आयोजनाका लागि अनुमानित लागत करिब १३ लाख रहेको समेत आयोजकले जनाएको छ ।

Post Comments