
हेटौडा । हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडाले खेलाडीको सीप, क्षमता एवम् कला विकासका लागि फुटबल प्रशिक्षणको सुरुवात गरेको छ । वडाको विनियोजित बजेटबाट फुटबल प्रशिक्षण सुरु गरेको बताइएको छ ।
प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)बाट बी लाइसेन्स प्राप्त मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुविन घिमिरेले प्रशिक्षण दिइरहेका छन् । साथै उनलाई पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी आरती पाठकले पनि आवश्यक सहजीकरण गरिरहेकी छिन् ।
वडामा फुटबल खेलाडीको क्षमता विकासका लागि प्रशिक्षणको आयोजना गरिएको वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ले जानकारी दिए । त्यस्तै वडा सचिव बसन्तकुमार सिटौलाले आगामी बर्षमा फुटबल प्रशिक्षणसहित प्रतियोगितालाई समेत अघि बढाउने योजनामा रहेको बताए ।
सिटौला भन्छन्, ‘हामीले यो बर्षबाट टोल विकासस्तरीय भलिबल पनि सुरु गरेका छौँ । अब फुटबल प्रतियोगिता पनि गर्नेछौँ । यस बर्षका लागि ८० हजार रुपैयाँ छुट्याएका थियौँ । आगामी बर्षबाट बजेटमा समेत बृद्धि गर्नेछौँ ।’
उता प्रशिक्षक घिमिरेले ग्रामीण भेगमा प्राय ः खेलाडीमा खटेर खेल्न सक्ने क्षमता भएपनि ‘टेक्निकल’ ज्ञानको भने अभाव हुने गरेको जानकारी दिँदै आफूले जानेको टेक्निक सिकाउने बताए । फुटबल प्रशिक्षणमा अहिले ५१ जना खेलाडी सहभागी रहेका छन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा