News चन्द्र गुरुङको अध्यक्षतामा नवयुवाको नयाँ नेतृत्व
सुरज राना मगर

बुटवल । रुपन्देहीको पुरानो क्लब मध्ये एक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपल, रुपन्देहीले चन्द्र बहादुर गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ ।

शनिबार ठुटिपिपल सभाहलमा सम्पन्न क्लबको वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा सुमन आचार्य तथा द्वितीय उपाध्यक्षमा कुमार गुरुङ चयन भएका छन् ।

क्लबको कोषाध्यक्षमा राजन पुन चुनिएका छन् भने सचिवमा प्रदिप घिमिरे र सह–सचिवमा प्रतिमा पुन चयन भएका छन् । सदस्यहरुमा भने बम बहादुर बलाल, सारुख पठान, गणेश ठाकुर, बिकिता बुचा मगर, बबी छन्त्याल, उमेश थापा र मनिष कुमार थापा चयन भएका छन् ।

त्यस्तै क्लबको सल्लाहहरुमा भिम बहादुर पुन, अमित कुमार थापा, राज कुमार मजुन्दर, भरत पुन र देव विर पुन रहेका छन् । चयन भएको नयाँ कार्यसमितिमा अधिकांश युवाहरुको बाहुल्यता रहेकाले क्लबले अब राम्रो गर्ने विश्वास लिएको उपस्थित पुराना तथा नयाँ सदस्यहरुले चर्चा गरे ।

नयाँ योजनाका साथ सबैलाई समेटेर अगाढी बढ्छौंः अध्यक्ष गुरुङ

क्लबको अध्यक्ष पदमा सर्वसम्मत भएपछि अध्यक्ष चन्द्र बहादुर गुरुङले अब आफूमाथि थप जिम्मेवारी थपिएको बताए । क्लब जिल्ला कै पुरानो र प्रतिष्ठित मध्ये एक रहेकाले क्लब हाँक्न अब सबैलाई मिलाएर अगाडी लैजाने प्रतिक्रिया दिए ।

“केही वर्ष यता सुस्त जस्तै भए पनि अब खेलकुद र अन्य गतिविधीमा क्लब सक्रिय भएर लाग्नेछ । सबैलाई मिलाएर क्लब हाँक्ने योजना छ । मलाई विश्वास गरेर यो जिम्मेवारी दिने सबैप्रति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु । क्लबलाई मेरो कार्यकाल भरि चुस्त र दुरुस्त रुपमा अगाडी बढाउन निरन्तर प्रयासरत रहनेछु ।”

क्लबले जिल्ला कै प्रतिष्ठित मध्ये एक नवयुवा कप राष्ट्रिय फुटबल प्रतियोगितालाई पनि फेरि निरन्तरता दिने योजनामा रहेको पनि अध्यक्ष गुरुङले बताए । त्यसका लागि सबैसँग सल्लाह र आवश्यक योजना तथा तयारी गर्ने अनि प्रतियोगिता आयोजनाबारे निर्णय लिने पनि उनले बताए ।

Post Comments