News छहारी एसइइ कप फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । छहारी शिक्षा सदनको आयोजनामा यहि असार १४ र १५ गतेका दिन छहारी आफ्टर एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ ।

एसइइ दिएर बसेका खेलाडीहरुबीच हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई कलेजको स्पोर्टस साईन्स संकायमा निःशुल्क भर्नाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क २ हजार तोकिएको छ । त्यसमा अतिरिक्त शुल्क १५ सय रहेको पनि आयोजकले जानकारी दियो । साथै टिम दर्ताका लागि अन्तिम मिति यहि असार १३ गतेसम्म तोकिएको पनि आयोजकले जनाएको छ ।

 

 

Post Comments