News शेर्पाले फिर्ता गरे आफूले प्रयोग गरेको गाडी
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकाल अवधिभर प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् ।

शेर्पाका एक प्रतिनिधीले सो गाडी फिर्ता गरेका हुन् ।

एन्फाको केन्द्रिय चुनावमा सोमबार राती पराजित भए लगतै उनले आफूले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गरेका हुन् ।

स्मरण रहोस, एन्फाको सोमबार सम्पन्न केन्द्रिय निर्वाचनमा शेर्पाले निकटतम प्रतिद्वन्द्वी पंकज नेम्वाङसँग ६ मतान्तरले हार बेहोरेका थिए ।

केन्द्रिय अध्यक्ष पदका लागि खसेको कुल ८४ मत मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरेका थिए । पराजयका बावजुद पनि शेर्पाले फुटबलबाट टाढा नरहने र नयाँ नेतृत्वलाई आफूले पूर्ण समर्थन गर्ने पनि बताईसकेका छन् ।

Post Comments