News
शेर्पाले फिर्ता गरे आफूले प्रयोग गरेको गाडी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकाल अवधिभर प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् ।
शेर्पाका एक प्रतिनिधीले सो गाडी फिर्ता गरेका हुन् ।
एन्फाको केन्द्रिय चुनावमा सोमबार राती पराजित भए लगतै उनले आफूले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गरेका हुन् ।
स्मरण रहोस, एन्फाको सोमबार सम्पन्न केन्द्रिय निर्वाचनमा शेर्पाले निकटतम प्रतिद्वन्द्वी पंकज नेम्वाङसँग ६ मतान्तरले हार बेहोरेका थिए ।
केन्द्रिय अध्यक्ष पदका लागि खसेको कुल ८४ मत मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरेका थिए । पराजयका बावजुद पनि शेर्पाले फुटबलबाट टाढा नरहने र नयाँ नेतृत्वलाई आफूले पूर्ण समर्थन गर्ने पनि बताईसकेका छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान