
पोखरा । आयोजक हेमजा युनाइटेड यहाँ जारी नेपाल आइस छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा खुमलटार युथ क्लब, काठमाडौलाई शून्यका विरुद्ध २ गोलले हराउँदै आयोजक उपाधि नजिक पुगेको हो ।
पोखरा–२५, हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा आयोजकले दुवै गोल दोस्रो हाफमा गर्यो । खेलको ५३ र ६७औं मिनटमा कमल थापाले लगातार दुई गोल गर्दै आयोजक हेमजा युनाइटेडलाई फाइनलमा पुर्याए । हेमजाको जितमा नायक बनेका थापा खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत असार ९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल एभनिर फुटबल क्लब, क्यामरुन र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।
हेमजा युनाइटेड, पोखराको आयोजना तथा नेपाल आइसीको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि असार ११ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड