News अक्सफोर्डलाई क्रिमसन कपको उपाधि
गोलनेपाल

बुटवल । क्रिमसन कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि अक्सफोर्ड उच्च माविले जितेको छ । मणिग्राम स्थित युनिक फुटसलमा सम्पन्न उपाधि भिडन्तमा अक्सफोर्डले राममणि कलेजलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको अक्सफोर्डले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता राममणिले १५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक क्रिमसन कलेज अफ टेक्नोलोजीका अंकित थापा चुनिए । उत्कृष्ट गोलरक्षक पनि आयोजक कै अनुप थापा घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार वापत भने अक्सफोर्डका सरोज दर्लामीले हात पारे ।

विजयी खेलाडीहरुलाई फाइनल खेलका विशिष्ठ अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामृकष्ण खाँड लगायत अन्य अतिथीहरुले पुरसकृत गरेका थिए ।

Post Comments