News साफ महिला च्याम्पियनसिप लगातार दोस्रोपटक नेपालमा हुने तय
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित साफ महिला च्याम्पियनसिप लगातार दोस्रोपटक नेपालमा हुने तय भएको छ । बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ कंग्रेसले प्रतियोगिताको छैठौं संस्करण पनि नेपाल मै गर्ने निर्णय गरेको हो ।

साफको कार्यसमितिका े निर्णयअनुसार साफ महिला च्याम्पियनसिप यहि आउँदो भदौ १३ देखि २५ गते (अगस्त २९–१० सेप्टेम्बर) सम्म नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

नेपाली टोलीको प्रतिनिधित्व गर्दै ढाका पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले प्रतियोगिता आयोजना गर्न साफ कमिटी समक्ष प्रस्ताव राखेका थिए । जुन प्रस्ताव कमिटीले स्वीकार गरेको थियो ।

स्मरण रहोस, दुई वर्ष अघि साफ च्याम्पियन नेपाल कै बिराटनगरमा सफलताका साथ सम्पन्न भएको थियो । त्यतिबेला फाइनलमा भारतले नेपाललाई हराउँदै उपाधि चुमेको थियो ।

त्यस्तै यसै वर्ष हुने भनिएको साफ यु–१७ च्याम्पियनसिप श्रीलंका मै हुने पक्का भएको छ । हाल कठिन आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने वा नगर्नेबारे छलफल भएको थियो । छलफलमा सबैले सो प्रतियोगिता सेप्टेम्बर ५ देखि १६ तारीखसम्म श्रीलंका मै गर्ने पक्का गरेका थिए ।

 

Post Comments