काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीलाई भेट्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली मंगलबार बीएण्डबी अस्पताल पुगेको छ ।
एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको बेला रेनुकाले काँधमा गम्भिर चोट बोक्न पुगेकी थिईन् । त्यसलगतै उनलाई अस्पताल भर्ना गरिएको थियो । सोही चोटका कारण रेनुकाले नेपाल मै हुन गईरहेको महिला साफ च्याम्पियनसिप पनि गुमाउने सम्भावना छ । रेनुकाको सफल शल्यक्रिया पनि सम्पन्न भएको र उनी कम्तीमा दश साता मैदान बाहिर रहने बताइएको छ ।
रेनुकालाई भेट्न अध्यक्ष नेम्वाङसँगै उपाध्यक्ष दावा लामा, दिपक खतिवडा तथा एन्फाका महासचिव किरन राई लगायतको टोली अस्पताल पुगेको थियो । भेटघाटका क्रममा उनीहरुले रेनुकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै आवश्यक के कस्तो सहयोग गर्न सकिन्छ? त्यसबारे पनि जानकारी लिएका थिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान