काठमाडौं । प्रि सिजन भ्रमणका रुपमा मलेसिया र थाइल्याण्ड पुगेको न्युरोडटिम (एनआरटी) को निराशाजनक हारको यात्रा रोकिएको छैन । प्रि सिजन टुरका लागि हाल थाइल्याण्डमा रहेको एनआरटीले बिहीबार आफ्नो पहिलो खेलमा थाइल्याण्डको तेस्रो डिभिजनको टोली कासेम बुन्डित युनिभर्सिटी एफसीसँग ५–२ को फराकिलो हार बेहोरेको छ ।
खेलमा एनआरटीका लागि स्टेफन समिर र सन्जोक राईले गोल गरे । एनआरटीले आफ्नो दोस्रो खेल आइतबार थाईल्याण्डको शिर्ष डिभिजन खेलिरहेको चोनबुरी फुटबल क्लब विरुद्ध खेल्नेछ । त्यस्तै अन्तिम खेल भने बुधबार तेस्रो डिभिजनको टोली थोनबुरी एफसीसँग खेल्दै थाइल्याण्ड भ्रमणको समापन गर्नेछ ।
स्मरण रहोस, थाइल्याण्ड पुग्नु अघि एनआरटीले मलेसियामा सम्पन्न टिवाईटी कप पनि खेलेको थियो । जसमा इण्डोनेसियन क्लब कारो एफसी र पेनाङ एफसीसँग क्रमशः ५–१ र ५–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
(तस्विरः कासेम बुन्डित युनिभर्सिटी एफसी)
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै