News सिकागोमा समर किड्स सकर ट्रेनिङ जारी
सुरज राना मगर

काठमाडौं । अमेरिकाको सिकागोमा बसोबास गरिरहेका आप्रवासी नेपाली समुदायका बालबालिकाहरुलाई आधारभुत फुटबलको ज्ञान र प्रशिक्षण दिने उद्देश्यका साथ समर किड्स सकर ट्रेनिङ जारी छ ।

सिकागोल्याण्ड थारु सोसाईटीको आयोजना तथा एनआरएनए, इलिनोइसको सह–आयोजनामा गत जुन १२ तारीखदेखि शुरु ग्रासरुट लेभलको फुटबल प्रशिक्षण कार्यक्रममा कुल ४५ बालबालिकाहरुले प्रशिक्षण लिईरहेको कार्यक्रम संयोजक नरेन्द्र चौधरीले बताए ।

नेपाली समुदायका ५ देखि १२ वर्षसम्मको उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको फुटबल प्रशिक्षण कार्यक्रम प्रत्येक साताको आइतबार र मंगलबार दुई दिन हुने पनि संयोजक चौधरीले बताए ।

प्रशिक्षणमा सहभागि बालबालिकाहरुलाई नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी देव नारायण चौधरी र स्थानीय खेलाडी तथा प्रशिक्षक निराजन चौधरीले नियमित प्रशिक्षण दिईरहेका छन् ।

आउँदो अगस्त २१ तारीखसम्म चल्ने प्रशिक्षण कार्यक्रममा सहभागि बालबालिकाहरुले फुटबल सम्बन्धी राम्रो ज्ञान र प्रशिक्षण हासिल गरेर भविष्यमा फुटबल मै करियर बनाउन उनीहरुलाई सहयोग पुग्ने आफूहरुले विश्वास लिएको कार्यक्रम संयोजक नरेन्द्र चौधरीले बताए ।

Post Comments