काठमाडौं । तामाङ सोसाईटी स्पोर्टस क्लब, युएईको आयोजनामा सम्पन्न प्रथम तामाङ सोसाईटी भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रुपन्देही–११ ले जितेको छ ।
फाइनलमा रुपन्देहीले अबुधाबी फुलबारी एफसीलाई टाईब्रेकरमा १–० ले हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
सञ्जय सारुको कप्तानीमा विजेता बनेको रुपन्देहीले उपाधिसहित नगद २५०० युएई दिराम हात पार्यो भने उपविजेता अबुधाबी फुलबारीले १५०० दिरामसहित ट्रफी, मेडलमा चित्त बुझायो । रुपन्देहीका अजय थापा मगर प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
युएईमा रहेर पनि त्यहाँको नेपाली फुटबललाई निरन्तर सहयोग पुर्याईरहेका फुटबल अभियन्ता तथा रुपन्देही–११ का मुख्य अभिभावकका रुपमा समेत सक्रिय तुल बहादुर थापाले जितको खुशीसँगै सबै खेलाडीहरुलाई बधाई तथा सहयोगी सम्पूर्ण शुभेच्छुकहरुलाई आभार र धन्यवाद समेत दिए ।
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने
- रेखाको टोलीलाई कम्बोडियन महिला लिगको उपाधि