News मनिष फेरि गोकुलम केरला मै अनुबन्धित
गोलनेपाल

काठमाडौं । नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना फेरि चर्चित आई लिग क्लब गोकुलम केरवा एफसीमा अनुबन्धित भएका छन् । मनिषका अनुसार उनी सिजन २०२२–२३ का लागि पनि गोकुलम मै रहने पक्का भएको हो ।

स्मरण रहोस, मनिषले गत सिजन २०२१–२२ मा गोकुलम केरला मै रहेर महिला आई लिगको उपाधि जितेका थिए । मनिषले यहि साउन ४ गतेको उडानमा काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने बताए । साथै त्यतैबाट उनी क्लबको प्रशिक्षणमा सहभागी हुने छन् ।

नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारी पनि आगामी सिजनका लागि गोकुलम केरला मै अनुबन्धित भएकी छिन् । साबित्राले सन् २०१९–२० को सिजनमा गोकुलम कै लागि खेल्दै लिग उपाधि जितेकी थिईन् ।

 

Post Comments