काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको दोस्रो बैठक यहि साउन २६ गते बिहीबारका दिन हुने भएको छ । एन्फाले पनि सो कुराको पुष्टी गरेको छ ।
खासगरी उक्त बैठक साउन ५ गते बस्ने भनिए तापनि विभिन्न कारणवश मिति पर धकेलिएको थियो । बैठकमा एन्फाको सिइओ नियुक्ति, लिगलगायतका अन्य केही महत्वपूर्ण एजेण्डाहरुमा चर्चा र निर्णय हुने अनुमान गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेदेखि शुरु हुने बैठकमा बहुप्रतिक्षित फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) बारे पनि छलफल हुने सम्भावना छ । स्मरण रहोस, केही असन्तुष्ट पक्षहरुका कारण एनएसएलको आयोजना मिति पनि पटक–पटक स्थगित हूँदै आएको छ ।
सुपर लिगमा सहभागिता जनाउने नयाँ क्लबदेखि लिएर खेलाडीहरुको लिलामी तथा मार्की खेलाडीहरुको घोषणा भईसक्दा पनि लिगको मिति निश्चित रुपमा तय हुन नसक्दा अधिकांश खेलाडीहरु पनि मारमा परेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)