काठमाडौं । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ–आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ ।
हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए ।
उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै