News
रोहितको टोली पेर्सिकको हार
काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा पेर्सिक केडिरी एफसीका लागि खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहितको टोलीको संघर्षपुर्ण प्रदर्शन जारी छ ।
पेर्सिकले शनिबार खेलेको सिजनको आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोर्यो । शनिबार सम्पन्न खेलमा पेर्सिकले मदुरा युनाइटेडसँग १–० को हार बेहोरेको हो । पेर्सिकका लागि इण्डोनेसियन मिडफिल्डर इस्टिबन विजकाराले एक मात्र गोल गरे ।
खेलमा रोहित पनि पहिलो रोजाई मै रहेर खेले । तर उनको टोलीले हार भने टार्न सकेन । यो नतिजापछि ३ खेलबाट १ अंक मात्र जोडेको पेर्सिक १७औं स्थानमा छ । उता जित हात पारेको मदुरा भने ९ अंकका साथ शिर्ष स्थानमा छ ।
पेर्सिकले आफ्नो आगामी खेल शुक्रबार बोर्नियोसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न