News बिसुको ह्याट्रिसँगै तालतलैयालाई उपाधि
गोलनेपाल

रामधुनी । प्रथम चौसठ्ठी बिगाहा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि तालतलैया फुटबल एकेडेमीले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तालतलियाले पुर्वाञ्चल युनाइटेडलाई ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

तालतलैयाका बिसु श्रेष्ठले ह्याट्रिक गरे भने उमेश राईले थप एक गोलको योगदान दिए । उता पराजित पुर्वाञ्चलका लागि रोशन भट्टराई र आशिष बनले एक–एक गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच तालतलैयाका ह्याट्रिककर्ता बिसु श्रेष्ठ घोषित भए ।

त्यस्तै व्यक्तिगत विधातर्फ तालतलैया कै उत्तम राई उत्कृष्ट गोलरक्षक बन्दा किरन राई उत्कृष्ट डिफेन्डर चुनिए । त्यसैगरी उत्कृष्ट फरवार्डको पुरस्कार भने पुर्वाञ्चलका राजेश लुंगेलीले हात पारे भने साजन याक्खा उदियमान खेलाडी घोषित भए ।

विजेता बनेको तालतलैयाले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता पुर्वाञ्चलले २० हजारमा चित्त बुझायो । दियालो जनकल्याण क्लब, सुनसरीको आयोजना गत साउन १३ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments