News भारी वर्षाले फेरि बिग्रियो च्यासल मैदान
गोलनेपाल

काठमाडौं । मंगलबार राती परेको भारी वर्षाका कारण च्यासल स्टेडियमको खेलमैदानको अवस्था फेरि बिग्रिएको छ । स्टेडियम छेउ मै रहेको खोलाको पानी स्टेडियममा पसेपछि लगभग तयारी अवस्थामा रहेको मैदान फेरि बिग्रिएको हो ।

स्टेडियम मै पानीको निकास हुने व्यवस्था भए तापनि पानीको बहाव अत्याधिक भएपछि त्यसले मैदानमा पनि क्षति पुगेको हो । स्मरण रहोस, गत वर्ष पनि वर्षाका कारण च्यासल मैदानमा क्षति पुगेको थियो ।

वर्षा हुनु एक दिन अघि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले च्यासल स्टेडियमको निरीक्षण गरेका थिए । नेपाल मै हुन गईरहेको आउँदो महिला साफ च्याम्पियनसिपका लागि च्यासल स्टेडियमलाई अभ्यास मैदानका रुपमा प्रयोग गरिने एन्फाले बताएको थियो ।

नेपाल सरकारको सहयोगमा स्टेडियम निर्माणको कार्य अन्तिम चरणमा छ । साथै स्टेडियम निर्माणका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि एन्फाले आवश्यक सहयोग गरिरहेको छ ।

Post Comments