News मनिषले बहराईनमा व्यवसायीक फुटबल खेल्ने तय
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य मनिष डाँगीले फुटबल करियरमा पनि महत्वपूर्ण अवसर हात पारेका छन् । व्यवसायीक फुटबलमा फड्को मार्ने क्रममा डाँगी बहराईनको एक व्यवसायीक क्लबमा आवद्ध भएका छन् ।

रिपोर्टअनुसार डाँगी बहराईनी क्लब एतिहाद अल रिफमा आवद्ध भएका हुन् । उनको अनुवन्धबारे क्लबले पनि शनिबार आफ्नो आधिकारिक वेबसाईटमार्फत घोषणा गरेको छ ।

क्लब र डाँगीबीच भएको सम्झौताबारे विस्तृत रुपमा खुलाइएको छैन । यद्यपि उनी बहराईनी क्लबमा आवद्ध हुनु अन्य नेपाली खेलाडीहरुका लागि राम्रो सम्भावना र लक्षण हुन सक्ने धेरैको अनुमान छ ।

पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य डाँगीले नेपालको घरेलु फुटबलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीका लागि व्यवसायीक फुटबल खेलेका छन् ।

मनिषले बहराईनी क्लबका लागि २१ नम्बर जर्सी लगाउने छन् । जुन उनले राष्ट्रिय टोली र क्लब फुटबलमा पनि प्रयोग गर्ने गर्छन् ।

 

Post Comments