News सिक्किममा बागमती क्लब बन्यो उपविजेता
गोलनेपाल

काठमाडौं । भारतको सिक्किम स्थित पाकयोङमा सम्पन्न इन्डिपेन्डेन्स डे कप खुला फुटबल प्रतियोगितामा नेपालको बागमती क्लब, सर्लाही उपविजेता बनेको छ । फाइनलमा बागमतीले जेभिसी सिंगतमसँग १–२ ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य बनेको हो ।

फाइनल खेलको म्यान अफ द म्याच आयुष राना मगर चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार जेभिसीका नेल्सनले हात पारे । उत्कृष्ट गोलरक्षकको पुरस्कार भने मनोज प्रधानले प्राप्त गरे ।

पाकयोङ स्र्पोटिङ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको जेभिसीले उपाधिसहित ३ लाख भारतीय रुपैयाँ हात पार्यो भने बागमतीले २ लाखमा चित्त बुझायो ।

 

Post Comments