News यति एफसीको नयाँ अध्यक्षमा सज्जन शर्मा
गोलनेपाल

मेलबर्नमा सम्पन्न यति फुटबल क्लब (Yeti FC) को वार्षिक साधारण सभा (AGM) बाट सज्जन शर्मा क्लबको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबले २५औँ वर्षमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा नयाँ नेतृत्व चयन गरिएको हो।

सन २००१ मा स्थापना भएको यति एफसी स्थानीय स्तरबाट सुरु भई आज समुदायको महत्वपूर्ण खेल संस्थाका रूपमा स्थापित भएको छ। आजको निर्वाचनले क्लबको आगामी रजत जयन्ती समारोहका लागि थप ऊर्जा र दिशा प्रदान गरेको छ।

नव-निर्वाचित अध्यक्ष शर्मा नेतृत्वको टोलीमा आशिम पन्त र ज्ञान श्रेष्ठ उपाध्यक्ष, चाँदनी रुक्सन राई सचिव, अभियन प्रधान सह–सचिव, विपासना लामा कोषाध्यक्ष तथा पंकज लमिछाने सह–कोषाध्यक्ष चयन भएका छन्।

Post Comments