News भुइखेल कप भाद्र दोस्रो सातादेखि
गोलनेपाल

काठमाडौं । भुइखेल युथ क्लबको आयोजनामा यहि भाद्र १५ देखि १८ गतेसम्म भुइखेल कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

स्वयम्भू स्थित भुइखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगत २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विद्यातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ४ हजार तोकिएको छ ।

Post Comments