News माल्दिभ्सले ब्रुनेईमा दुई मैत्रीपूर्ण म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले आगामी सेप्टेम्बरमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । यो कुराको पुष्टी फुटबल फेडरेशन अफ माल्दिभ्सले पनि आधिकारिक रुपमा गरेको छ ।

माल्दिभ्स एफएका अध्यक्ष बसम आदिलका अनुसार माल्दिभ्सले सेप्टेम्बरको फिफा इन्टरनेशनल विन्डोमा लाओस र ब्रुनेईसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । जुन ब्रुनेई मै हुने बताइएको छ ।

स्मरण रहोस, नेपालले पनि फिफा इन्टरनेशनल विन्डो मै बंगलादेशसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भईसकेको छ । जसका लागि बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावली पनि सार्वजनिक भईसकेको छ ।

नेपाली टोलीको कार्यवाहक मूख्य प्रशिक्षकमा प्रदिप हुमागाई छन । उनलाई सहायक प्रशिक्षकमा युगल किशोर राईले सघाउने छन् । नेपाल र बंगलादेशबीचको उक्त खेल काठमाडौं मै हुने कार्यक्रम छ ।

Post Comments