News तिज मेला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

अन्नपुर्ण । ढिकुरपोखरी युवा सञ्जाल, अन्नपुर्ण गाउँपालिका, कास्कीको आयोजनामा यहि भाद्र १२ देखि १५ गतेसम्म हरितालिका तिज मेला फुटवल प्रतियेगिता हुने भएको छ ।

अन्नपुर्ण गाउँपालिका २ स्थित ढिकुरपोखरी खेलमैदानमा हुने प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो । प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भईसकेको आयोजकले जनाएको छ ।

अन्नपुर्ण गाउँपालिका, कास्की संरक्षक र प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३५ हजार हात पार्नेछ भने उपविजेताले ६७ हजार ५ सय प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन हाल अमेरिकामा रहेका राजकुमार गुरुङले गरेका छन् भने दोस्रो पुरस्कारको प्रायोजन के.आई.ई.सी. पोखराले गरेको आयोजकले जनाएको छ ।

 

Post Comments