News उदयपुरमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुँदै (खेलतालिकासहित)
गोलनेपाल

उदयपुर । ‘सम्बन्ध हाम्रो सबैभन्दा राम्रो, सामाजिक कार्यलाई अगाडी बढाउने जिम्मेवारी हाम्रो’ भन्ने मूल नाराका साथ उदयपुरको बोक्से खेलमैदानमा यहि भाद्र १३ गतेदेखि खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

दाजुभाई समूह, दोहा, कतारको आयोजना तथा फ्युजन फुटबल क्लबको समन्वयमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

भाद्र १८ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो पेज गोलनेपाल डटकमले गर्नेछ ।

 

Post Comments