News मुस्ताङ बिराट मेघा भेट्रान्स कपमा दुधेको विजयी शुरुवात
गोलनेपाल

बिराटनगर । मुस्ताङ बिराट मेघा भेट्रान्स कप फुटबल प्रतियोगितामा दुधे भेट्रान्स क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा दुधे भेट्रान्सले मिल्स भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

शहिद रंगशालामा भएको खेलमा दुधे भेट्रान्सका लागि दोस्रो हाफमा भिस्मु प्रसाद खरेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता खरेल नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

रात्रीकालिन रुपमा शुरु भएको प्रतियोगिता अन्तरगत भाद्र १२ गतेको खेल सिद्राहा भेट्रान्स क्लब र दुहबी भेट्रान्स क्लबबीच हुने आयोजकले जानकारी दियो । खेल बेलुका ६ः३० बजेदेखि शुरु हुनेछ ।

बिराटनगर स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजन सिजी ब्रुहरी कम्पनी लि.ले गरेको छ भने सह–प्रायोजन सिजी फ्ड्सले गरेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल ९ टोलीहरुफाइनल खेल भाद्र १८ गतेका दिन हुनेछ ।

Post Comments