News मिन स्मृति कप भाद्र २० गतेदेखि
गोलनेपाल

शान्तिनगर । बाघमारे फुटबल क्लब, शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर, दाङको आयोजनामा यहि आउँदो भाद्र २० गतेदेखि मिन स्मृति कप गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

शान्तिनगर गाउँपालिका–२ सिमसुन्दरपुर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिम दर्ता पनि खुला गरिएको आयोजक क्लबका बिशाल बिष्टले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लबहरुका लागि यहि भाद्र १९ गतेसम्म टिम दर्ता गर्न आह्वान गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत िवधातर्फ उत्कृष्ट हुने खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments