News श्रेष्ठलाई राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा अनिल श्रेष्ठलाई नियुक्त गरेको छ । उनले अब राष्ट्रिय फुटबल टोलीको व्यवस्थापन गर्नेछन् ।

श्रेष्ठलाई एन्फाका महासचिव किरन राईले आइतबार एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे । नियुक्तिपत्र लिंदै श्रेष्ठले टिम व्यवस्थापनमा आफूले पाएको जिम्मेवारी हर किसिमले कुशलता पुर्वक निर्वाह गर्ने बताए । साथै त्यो जिम्मेवारी दिइएकोमा श्रेष्ठले एन्फा लगायत सबैलाई धन्यवाद पनि दिए ।

उता नियुक्तिपत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरन राईले नवनियुक्त व्यवस्थापक श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिए । महासचिव राईले टोलीको नवनियुक्त व्यवस्थापकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

स्मरण रहोस, नेपाली राष्ट्रिय फुटबल टोली अहिले बंगलादेश विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि बन्द प्रशिक्षणमा छ । जसको नेतृत्व कार्यवाहक मूख्य प्रशिक्षक प्रदिप हुमागाईंले गरिरहेका छन् ।

Post Comments