News प्रथम टुबोर्ग मिल्स गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात
गोलनेपाल

बिराटनगर । शनिबारदेखि शुरु १ नम्बर प्रदेश प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मिल्स भेट्रान्सले उत्कृष्ट जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

बिराटनगर जुट मिल्सको खेलमैदानमा भएको उद्घाटन खेलमा मिल्स भेट्रान्सले दुलारी भेट्रान्सलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । आयोजकको जितमा सन्तोष चोङबाङले दुई गोल गरे भने प्रकाश पौडेलले थप एक गोल गरेका थिए । उता पराजित दुलारीका लागि चुडामणी बस्नेतले एक मात्र गोल फर्काएका थिए ।

खेलमा मिल्स भेट्रान्सका लागि दुई गोल गरेका सन्तोष चोङबाङ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै प्रतियोगितामा बाई पाएको आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज २ गते आइतबारको खेल हाम्रो धरान भेट्रान्स, सुनसरी र दमक–लखनपुर भेट्रान्स, झापाबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स भेट्रान्स क्लब, बिराटनगरको आयोजना तथा टुबोर्गको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्नेछ । कुल ११ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज १० गतेका दिन हुनेछ ।

Post Comments