News नव युवा क्लब फाइनलमा
गोलनेपाल

सुकचर । आयोजक नव युवा क्लब सुकचर जारी दोस्रो सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नव युवाले दोस्रो सेमिफाइनलमा कुसुमे साइनिङ क्लब, मोरङलाई र्टाब्रेकरमा ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि सुकचर स्थित बुढीगंगा खेलमैदानमा सम्पन्न निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । कुसुमे साइनिङका लागि ५२औं मिनटमा अनिष पुलामीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर ६८औं मिनटमा अभिषेक खड्काले नव युवाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

टाईब्रेकरमा भने नव युवाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा नव युवाका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११ सय र मेडल हात पारे ।

अब नव युवाले उपाधिका लागि असोज ३ गतेका दिन तालतलैया फुटबल एकेडेमी, सुनसरीसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

 

Post Comments