News प्रिती र गीताले पाए आ–आफ्नै ब्राण्ड
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी दुई सदस्यद्वय प्रिती राई र गीता रानाले दुई चर्चित ब्राण्डलाई आ–आफ्नो प्रायोजकका रुपमा पाएका छन् । प्रितीले बहुप्रतिष्ठित उम्ब्रो ब्राण्ड र गीताले इन्फिनिटीलाई प्रायोजकका रुपमा पाएका हुन् ।

उम्ब्रोले प्रितीसँग एक वर्षका लागि वार्षिक ६ लाख बराबरको प्रायोजन सम्झौता गरेको हो । सम्झौता बमोजिम प्रितीले सम्झौता वापतको आधा रकम नगद पाउने छिन् भने आधा रकम बराबरको उम्ब्रो ब्राण्डको सामग्री प्राप्त गर्ने छिन् ।

स्मरण रहोस, शुक्रबार मात्र सम्पन्न महिला साफको सेमिफाइनलमा नेपालले भारत विरुद्ध १–० को ऐतिहासिक जित हात पार्दा प्रितीले नै निर्णायक गोलका लागि अहम भूमिका निर्वाह गरेकी थिईन् ।

त्यस्तै गीताले पनि इन्फिनिटीसँग एक वर्षका लागि ६ लाखको सम्झौता गरेकी छिन् । त्यसवापत आधा रकम उनले नगद पाउने छिन भने आधा रकम इन्फिनिटी ब्राण्डको उत्पादन प्राप्त गर्नेछिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपको फाइनलमा मंगलबार बंगलादेशको सामना गर्दैछ ।

Post Comments