News मोरङलाई दोस्रो सिमरा भेट्रान कपको उपाधि
गोलनेपाल

सिमरा । दोस्रो सिमरा भेट्रान कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान्स क्लबले जितेको छ । फाइनलमा चितवन भेट्रान्सलाई शून्यका विरुद्ध २ गोलले हराउँदै मोरङ च्याम्पियन बनेको हो ।

सिमरा रंगशालामा सम्पन्न उपाधि भिडन्तमा मोरङका लागि डेनिम राई र बिनोद धिमालले गोल गरे । विजेता बनेको मोरङले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता चितवनले ७५ हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ मोरङका मिन बहादुर बस्नेत उत्कृष्ट गोलरक्षक बन्दा रमेशकुमार बस्नेत उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर चितवनका यमु राना घोषित हुँदा सर्वाधि क गोलकर्ताको पुरस्कार सिमरा भेट्रान्सका गोपीप्रसाद भट्ट चुनिए ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई बने । सिमरा भेट्रान्सको आयोजनामा गत भदौ २९ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments