News झापा बन्यो प्रदेश १ महिला फुटबल छनौट च्याम्पियन
राजकुमार श्रेष्ठ

इटहरी । पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदका लागि सम्पन्न भएको प्रदेश १ महिला फुटबल छनौट प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा झापाले धनकुटालाई १–० ले हराउँदै विजेता बनेको हो ।

झापाको जितमा ४८औं मिनटमा लक्ष्मी श्रेष्ठले एक मात्र निर्णायक गोल गरिन् । विजयी खेलाडीहरुलाई इटहरी उप–महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिवश पोख्रेल लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

सुनसरीलाई तेस्रो स्थान

त्यस्तै प्रदेश १ महिला फुटबल छनौट प्रतियोगिता अन्तरगत नै भएको तेस्रो स्थानको खेलमा सुनसरी विजयी भएको छ । खेलमा सुनसरीले मोरङलाई १–० ले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

सुनसरीको जितमा २४औं मिनटमा जिना बिष्टले एक मात्र निर्णायक गोल गरिन् । विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश नम्बर १ का सदस्य रितेश श्रेष्ठले पुरस्कृत गरेका थिए ।

 

Post Comments